0
Shares
काठमाडौँ / स्थानीय बजारमा सुनको मूल्य रु दुई हजार चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु. एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज रु. एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ ।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला रु. ३० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार ९५५ मा कारोबार भएको चाँदी आज रु एक हजार ९२५ मा खरिदबिक्री भइरहेको छ ।