0
Shares
रुपन्देही / रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई भैरहवामा ल्याइएको छ । पोखराबाट बुद्ध एयरको पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी भए पनि मौसम खराब भएकाले उडानमा ढिलाइ भएको हो।
लामिछानेलाई ल्याउने भएपछि बिहानैबाट गौतमबुद्ध विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । अवतरण भएसँगै लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रूपन्देही लग्ने तयारी छ।
उनलाई त्यहाँबाट सरकारी वकिल कार्यालय रूपन्देहीमा उपस्थित गराई बयान लिने प्रहरीको तयारी छ। उनीमाथि बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो।