कप्तान पुजाको शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको विशाल लक्ष्य

0 Shares

काठमाडौं/  यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई ११४ रनको लक्ष्य दिएको छ ।

कप्तान पुजा महतोको शतकीय पारीको मद्दतले २० ओभरमा २ विकेट गुमाउँदै २१३ रन बनाएको हो । पुजा र सोनीबीच नटआउट १५७ रनको साझेदारी भएको थियो।  यो नेपाली महिला यू-१९ टोलीले बनाएको अहिलेसम्मकै उच्च स्कोर हो। यसअघि सिनियर टिमबाट एक मात्र शतक रुबिना क्षेत्रीको नाममा थियो ।

नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यसपछि यूएईसँग १३ रनले पराजित भएको नेपालले थाइल्याण्डलाई फेरि १०६ रनले हरायो ।

चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ र शीर्ष स्थानमा रहने टोली मात्र यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

सम्बन्धित समाचार

सबै