0
Shares
बुटवल / बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज बिहीबार तेस्रो दिन पनि बयान सुरू भएको छ ।
बिहान सवा १० बजेबाट लामिछानेको भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिने तयारी छ। बयान सकिएपछि लामिछानेलाई बिहीबार नै कास्की पठाइने रूपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले बताए ।
सरकारी न्यायाधिवक्ता प्रेमराज पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृतले लिखित बयान लिइरहेका छन्।
लामिछानेलाई बयानका लागि रुपन्देही ल्याएसँगै सहकारी पीडित र रास्वपाका कार्यकर्ताले भैरहवामा प्रर्दशन गरेका छन् । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय आसपासको १ सय मिटर क्षेत्रमा भने नाराजुलुस गर्न निषेध गरेको छ ।