नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने

0 Shares

काठमाडाैँ / नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले प्रिमियर लिगको प्रत्यक्ष प्रसारणका लागि क्यानले स्टार स्पोर्टसलाई जिम्मेवारी दिएको बताएका हुन् ।

पहिलो पटक नेपालको घरेलु लिगलाई अन्तराष्ट्रिय प्लेटफर्ममा लैजाने मौका मिलेको बताउँद पहिलो संस्करणको एनपिएललाई क्यानले ब्राण्डको रुपमा स्थापीत गर्न खाजेको पनि उनले बताए । खड्काका अनुसार पहिलो एनपिएल खेल्न विदेशी फ्रेन्चाइजहरुले इच्छा देखाएपनि सम्भव नभएको भन्दै अर्को संस्करणमा अन्तराष्ट्रिय फ्रेन्चाइज खेलको रुपमा बिकसित हुन सक्ने समेत बताए ।

साथै लिग खेल्न आउने विदेशी खेलाडीहरुको श्रम स्वीकृत लगायतका काममा क्यानले सहजीकरण गर्ने खड्काले जानकारी दिए । त्यस्तै उनले उपनिर्वाचनका कारण मंसिर १६ गते खेल आयोजना गर्न सम्भव नभएको भन्दै छिटै नयाँ खेल तालिका सार्वजनिक गर्ने समेत जानकारी गराएका हुन् ।

त्यस्तै नेपाल प्रिमियर लिग (एनपिएल) लाई सिद्धार्थ बैंकले मुख्य प्रायोजन गरेको छ । क्यानका सचिव खड्काले सिद्धार्थ बैंक ५ वर्षका लागि एनपिएलको मुख्य प्रायोजक रहने जानकारी दिएका छन् । क्यानको आयोजनामा ८ टोलीको सहभागिता रहने लिग मंसिर १५ गत देखीे पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा एनपिएल हुँदैछ ।

 

सम्बन्धित समाचार

सबै