0
Shares
काठमाडाैँ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुरको मेयर पदमा उम्मेदवारी नदिने भएको छ । यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले जानकारी दिएका छन् ।
‘हामीले कीर्तिपुरको मेयर र दुइटै वडाध्यक्षमा उम्मेदवारी नदिने तयारी गरेका छौं, स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्नेबारे कुराकानी भइरहेको छ, कसलाई समर्थन गर्ने भनेर निर्णय गरिसकेको छैन,’ उनले भने।