0
Shares
काठमाडाैँ / पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आइतबार उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनको कलेजोसम्बन्धी रोगको उपचार चलिरहेको थियो । २०४६ सालमा प्रजाततन्त्र पुनर्स्थापनापछि बनेको संसदमा उनी सभामुख भएका थिए । उनी २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए ।
वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि विशेष भूमिका खेलेका थिए ।