‘पुष्पा–२ : द रुल’को ट्रेलरलाई १९ घण्टामा ४३ मिलियन भ्युज

0 Shares

काठमाडाैँ / चलचित्र ‘पुष्पा–२ :  द रुल’को ट्रेलर सार्वजनिक भएको छ । वर्षकै प्रतिक्षित बनेको चलचित्रको ट्रेलर टि–सिरिजमा १९ घण्टामा ४३ मिलियनभन्दा धेरै दर्शकले हेरेका छन् ।

डिसेम्बर ५ मा हलमा रिलिज हुने तयारीमा रहेको यो फिल्मले रिलिज हुनुअघि नै उत्कृष्ट प्रि,कलेक्शन रेकर्ड बनाएको छ। मिडिया रिपोर्टका अनुसार फिल्मले रिलिजअघि नै ९ सय करोड कमाइसकेको छ ।

निर्माताले ‘पुष्पा २स् द रुल’को डिजिटल र स्याटेलाइट राइट बेचेर ९ सय करोड कमाई गरिसकेको टाइम्स अफ इण्डियाले उल्लेख गरको छ। ५०० करोडको लागतमा बनेको ‘पुष्पा २: द रुल’ को थियट्रीकल राइट साढे ६ सय करोडमा बेचिएको मिडिया रिपोर्टमा उल्लेख छ।

फिल्ममा अल्लु अर्जुन अवतारलाई फ्यानहरुले निकै रुचाएका छन्। फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् भने फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्डना, फहद फासिल, धनन्जय, राव रमेश, सुनील, अनसूया भारद्वाज, अजय घोष लगायतका कलाकारको भूमिका रहेको छ। फिल्म ‘पुष्पाः द राइज’को पहिलो भागले निकै सफलता पाएको थियो ।

अभिनेता अल्लु अर्जुन र फिल्मका संगीतकार देवी श्री प्रसादले यस फिल्मबाट नेशनल अवार्ड समेत पाएका थिए ।

सम्बन्धित समाचार

सबै