म्याद थपका लागि दुर्गा प्रसाईँलाई आज अदालत लगिँदै

0 Shares

काठमाडौँ / साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज अदालत पेस गरिने भएको छ ।

केही कागजात र प्रक्रियाका कारण मंगलवार म्याद थपका लागि अदालत लैजान समय अपुग भएको सीआईबीले जनाएको थियो ।

प्रहरीले उनीविरुद्ध साइबर अपराधसँगै अन्य अभियोग पनि लगाउने तयारी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका उनलाई सीआईबीको कार्यालय पुर्‍याएर मेडिकल गरिएको थियो ।

उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ ।

सम्बन्धित समाचार

सबै