माइतीघरमा सहकारी पीडित र प्रहरीबीच झडप (तस्वीरहरु)

0 Shares

काठमाडौँ /सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहकारी बचतकर्ताको रकम लुटिएको भन्दै उनीहरुले बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारले आफुहरुसंग यसअघि गरेको सहमति कार्यान्वयन गर्न समेत माग गरेका छन् ।

सहकारी पीडितहरुको निर्णायक आन्दोलन भन्दै आयोजना गरेको प्रदर्शनका सहभागीहरुले पीडितहरुको बचत फिर्ता सुनिश्चित गर, सहकारीको हालको ऐन खारेज गर, सहकारी समस्या छिटो समाधान गर लगाएका प्लेकाड प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितको समस्या समाधान गर्न राजनीतिक दलका नेता लगाएत सवै गम्भीर हुनुपर्ने बताए ।

माइतिघरमा प्रदर्शन गरेपनि सहकारीपीडितहरु प्रदर्शन गर्दै नयाँ बानेश्वरतर्फ अघि बढेका थिए । सो क्रममा प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ३ जना घाईते भएका छन् ।

ललितपुरको पुल्चोकमा भेला भएका सहकारी पीडितहरु नाराबाजी गर्दै माइतीघरतर्फ आएका थिए । माइतीघर नजिकै आइपुग्दा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले बल प्रयोग गरेको हो ।

 

सम्बन्धित समाचार

सबै