0
Shares
काठमाडाैँ/ काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्याली निकालिएको छ । भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले जनतालाई उठिवास गर्ने मापदण्ड आवश्यक नरहेको भन्दै बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गरेको हो।
ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारबाट सुरु भएको र्याली माइतीघर मण्डलसम्म पुग्ने छ । र्यालीमा अभियन्ता सुमन सायमी लगायत छन् ।
‘जनतालाई उठिबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’ लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् ।
३ पुस २०८० मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमती लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।