काठमाडौँ/ ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाललाई बिहीबार दिउँसो काठमाडौंको शान्तिनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नेपालले भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झन्डा देखाउने तयारी गरेकाले नियन्त्रणमा लिएको बुझिएको छ । काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीका अनुसार, नेपाललाई तत्काललाई होल्ड मात्र गरिएको छ ।
अहिले भारतका सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणका लागि आएका छन्। उनको भ्रमणको क्रममा अवरोध पुर्याउन सक्ने आशंका गर्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
सेनाध्यक्ष द्विवेदी मानार्थ महारथीको दर्ज्यानी चिन्ह लिनका लागि नेपाल भ्रमणमा आएका हुन्। यस विषयमा प्रश्न गर्दै नेपालले चिनियाँ सेना प्रमुखलाई पनि सोही दर्जा प्रदान गर्नुपर्ने भन्दै विज्ञप्ति समेत जारी गरेका थिए।