राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओका लागि पुनः दरखास्त आह्वान

0 Shares

काठमाडाैँ / राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । शैक्षिक योग्यता र अनुभव हासिल भएका इच्छुक योग्य नेपाली नागरिकले २१ दिनभित्र कम्पनीको कार्यालय रामशाह पथ, काठमाडौँमा दरखास्त दिन सक्नेछन् ।

उम्मेदवार आफैँले प्रमाणित गरेको नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम तथा अनुभवको कागजातको प्रतिलिपि, पाँच हजार शब्दमा नबढ्ने गरी तयार गरिएको कम्पनीको व्यावसायिक कार्ययोजना पनि आवेदनसँगै पेस गर्न आग्रह गरिएको छ ।

सम्बन्धित समाचार

सबै