काठमाडाैँ / नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित भएको बताएका छन्।
महासचिव पोखरेलले शुक्रबारको एमाले सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट मेयर शाह एमालेविरुद्ध परिचालित भएको प्रस्ट रूपमा बुझिएको बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताए ।
कार्यक्रम सकिएपछि स्वयंसेवकहरूले संकलन गरेको फोहोर उठाउन गाडी पठाइदिन अनुरोध गरिएकोमा सहयोग गर्नुको सट्टा जरिवानाको प्रचार गरेर बालेनले स्टन्टवाजी गरेको उनको जिकिर छ ।
मञ्च र वरपरका सामग्री हटाउने काम भइरहँदा समय अगावै जरिवानाको पर्चा सार्वजनिक गरिएको उनको भनाइ छ ।
‘नेकपा ९एमाले० पार्टी आफ्नो कार्यक्रमपछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर बालेनलाई । जागरण सभा यस प्रकारका स्टन्टबाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि हो’, उनी भन्छन्
काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ ।
शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको हो ।
फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ ।