काठमाडाैँ / पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिल (पीबीसीसी) को आयोजनामा हुने चौथो संस्करणको ब्लाइन्ड क्रिकेट टी-२० विश्वकपमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।
ब्लाइन्ड विश्वकपमा आयोजक पाकिस्तानसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेपाल र अफगानिस्तानले सहभागिता जनाएका छन् । सहभागि ६ टोलीबीच राउण्ड रोविनका आधारमा खेल हुनेभएको छ ।
वर्ल्ड ब्लाइन्ड क्रिकेट काउन्सिलको कार्यक्रमम अनुसार हुने चौथो ब्लाइन्ड क्रिकेट टी-२० विश्वकप नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म लाहोर र मुल्तानमा हुने छ ।फाइनल खेल डिसेम्बर ३ मा मुल्तान क्रिकेट स्टेडियममा हुनेछ ।
लिग चरणमा शीर्ष चारमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । जहाँ लिगमा पहिलो हुने र चौथो हुने टोलीबीच पहिलो सेमिफाइनल हुनेछ । यस्तै दोस्रो हुने र तेस्रो हुनेबीच दोस्रो सेमिफाइनल हुनेछ ।
दाङ क्रिकेट संघले बिहिबार एक कार्यक्रमका बिच उब्त टोलीलाई खेलका लागी विदाई गरेको थियो । संघका अनुसार नेपाली टोली सुनौली नाका हुँदै भारतको सडकमार्गबाट पाकिस्तान गएको थियो। ट्रेनमा जाँदा नेपाली टोद्यी शुक्रबार मात्र पाकिस्तानको लाहोर पुग्यो । शुक्रबारै उद्घाटन समारोह थियो । ढिला पुगेकोले नेपालले उद्घाटन समारोहमा सहभागि हुन पाएन । नेत्रहीन क्रिकेट संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठका अनुसार ट्रेनले बीच बाटोसम्म लगेर छाडेपछि बसमा जानुपरेकोले ढिला भएको जानकारी दिए ।
नेपाली टोली अमृसर हुँदै पाकिस्तान प्रवेश गरेको थियो । नेपाली टोली अमृसर हुँदै पाकिस्तान प्रवेश गरेको थियो । ‘सरकार र निजी क्षेत्रलाई गुहार्दा पनि सहयोग हुन सकेन । हामी बाध्य भएर सडकमार्गबाट आउनु पर्यो । जसले गर्दा ढिला लाहोर आइपुग्यौँ । उद्घाटन समारोह पनि छुट्यो ।’ श्रेष्ठले भने ।
सरकार र निजी क्षेत्रलाई गुहार्दा पनि सहयोग नपाए पछि बस र ट्रेनको सहायता लिनु परेको उनको भनाई छ । सरकारले क्रिकेट खेलाडीमा गरेको विभेद प्रस्ट देखिएको छ ।देशका लागी खेल्न भनेर हिडेका खेलाडीहरु बस र ट्रेनको ठक्कर खाँदै हिडेका हुन् । खेल क्षेत्रलाई अझै पनि प्राथमिकतामा राख्न सकेको छैन् भन्ने कुरा यसैबाट पनि प्रस्ट भएको छ ।
नेपाली नेत्रीहन पुरुष क्रिकेट टिमले ब्लाइन्ड टी-२० विश्वकपका लागि अन्तिम तयारी दाङका गरेको थियो । नेपाली टिममा अफिसियल खेलाडी प्रशिक्षक, व्यवस्थापक र मेडिकल टिम सहित २१ जनाको टोली रहेको छ ।