कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु

0 Shares

काठमाडाैँ/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापास्थित घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।शनिबार बिहान गौरादह नगरपालिका-३ डिपु चोकमा रहेको कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।

कागजमा पोको पारेर तार जोडिएको जस्तो देखिने बस्तु कार्कीको घर अगाडि सिरिसको रुखमुनी फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार शंकास्पद वस्तु भेटिएको जानकारी आएपछि प्रहरी टोली पुगेको छ ।

मुख्यमन्त्री कार्की आज बिहान विराटनगरबाट झापास्थित घर पुगेका थिए । घर नजिकैको पारिवारिक कार्यक्रममा सहभागी भएपछि उनी बाह्रदशी गाउँपालिकामा आयोजित कार्यक्रममा पुगेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार बिक्रम लुइटेलले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै