0
Shares
काठमाडौँ / सरकारले मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म हाललाई अनुसुचिमा प्रस्ताव गरेबमोजिमको शुल्क लिइ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृत दिने निर्णय गरेको छ ।
परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई अबदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने भएको छ।
धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा विद्यार्थी र ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने निर्णय भएको छ । १० वर्ष मुनिका बालबालिलाइ शुल्क नलाग्ने भएको छ ।