तोलामै १७ सयले बढ्यो सूनको मूल्य

0 Shares

काठमाडाैँ/ नेपाली बजारमा सूनकाे मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सून र चाँदी दुवैकाे मूल्य बढेकाे हाे ।

गत साताका पाँचदिनसम्म लगातार बढेको सुनको मूल्य यो साताको पहिलो दिन पनि तोलामै १७ सय रुपैयाँ बढेको हो। आज सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँ बढेर एक लाख ६७ हजार दुईसय रुपैयाँ पुगेको छ। गत शुक्रबार सुनको मूल्य तोलाको एक लाख ६५ हजार पाँचसय रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। गएको शुक्रबार तोलाको एक हजार नौसय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १५ रुपैयाँ बढेर एक हजार नौ सय ६० रुपैयाँ पुगेको छ।

सम्बन्धित समाचार

सबै