नेतन्याहूका सहयोगी येचिएल  लेइटर अमेरिकाका लागि इजरायली राजदूत नियुक्त

0 Shares

 

जेरुसेलम । इजरायली सरकारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहयोगी येचिएल लेइटरलाई संयुक्त राज्य अमेरिकाका लागि इजरायली राजदूतमा मनोनीत गरेको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी प्रशासनमा इजरायलका लागि अमेरिकी राजदूतका लागि कट्टर राष्ट्रवादी नेता माइक हकाबीलाई नियुक्त गरेपछि यो घोषणा गरिएको हो ।

“सरकारले संयुक्त राज्य अमेरिकाका लागि राजदूतमा येचिएल लेइटरको नियुक्तिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ,” विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेतन्याहूका पूर्व सल्लाहकार ६५ वर्षीय लेइटर अमेरिकी मुलका इजरायली हुन् र हाल कब्जा गरिएको वेस्ट बैङ्कका बासिन्दा हुन् ।

अमेरिकी रिपब्लिकन पार्टीनिकट लेइटर सन् १९९० को दशकमा वेस्ट बैंकमा इजरायली बसोवास गर्नेहरूको प्रतिनिधित्व गर्ने छाता समूह येशा काउन्सिलका नेतामध्ये एक थिए ।

उनी नेतन्याहूको लिकुड पार्टीका सदस्य पनि हन् र हाल इजरायली थिंक ट्यांकको रणनीतिक सल्लाहकारको रूपमा काम गर्छन् ।

इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणपछि इजरायलले गाजापट्टी आक्रमण सशक्त बनाएपछि भएको झडपका क्रममा लेइटरका छोरा मोशेको सन् २०२३ को नोभेम्बरमा गाजा पट्टीमा मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

सबै