0
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग परामर्श सुरु गरेका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूलाई परामर्शका लागि बोलाएका हुन्। छलफलमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत सहभागी भएका छन् ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाने कार्यक्रम छ।