हैजा सङ्क्रमितको सङ्ख्या ५० पुग्यो

0 Shares

काठमाडौँ – देशभरका पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण भएको छ । जसमध्ये ललितपुरका मात्र ३८ जना रहेका छन्।

यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी )ले जनाएको छ ।

बर्खायामको समय छ त्यसैले खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारणले खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित विभिन्न पानीजन्य रोग फैलिने जोखिम धेरै हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।

 

सम्बन्धित समाचार

सबै