१६ दिने कार्यक्रम नाटकीय भएको भन्दै यसबर्ष कुनै कार्यक्रम नगर्ने बालेनको निर्णय

0 Shares

काठमाडाैँ/ काठमाडौँ महानगरपालिकाबाट सञ्चालन नहुने कुनै कार्यक्रम राेकिएका छन् ।

मेयर बालेन शाहले १६ दिने अभियान कार्यक्रम नाटकीय हुने र नैतिकताका आधारमा जायज मान्न नसक्ने भएकाले यस वर्षको उक्त अभियान अन्तर्गतका कुनै पनि कार्यक्रम तथा गतिविधिहरू काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालन नगरिने बताएका हुन्।

सोमबार  महानगरपालिकाले एक विज्ञप्ती निकाल्दै लैङ्गिक हिंसा विरुद्धका कार्यक्रममा राज्यका अन्य सम्बद्ध निकाय र पदाधिकारीहरूबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको भन्दै  यस वर्ष कुनै पनि कार्यक्रम सञ्चालन नहुने  निर्णय गरेको हो ।

महानगरका प्रवक्ता नविन मानन्धरले जारी गरेको विज्ञप्तीमा भनिएको छ,” प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई लैङ्गिक हिंसा विरुद्धको अभियानका रूपमा मनाउने प्रचलन रही आएको छ । महानगरपालिकाले वर्षैभरि लैङ्गिक हिंसा विरुद्धमा कार्य गर्ने गरी आवश्यक नीति, कानुन, कार्यक्रम र बजेट तर्जुमा गरी सञ्चालन गर्दै आइरहेको छ । महानगरपालिका क्षेत्रभित्र जोखिममा परेका, विशेष संरक्षणको आवश्यकता भएका र घरेलु बाल श्रमिकका रूपमा श्रम शोषण तथा यौन शोषणमा परेका बालबालिका समेतको उद्धार, अस्थायी संरक्षण, स्वास्थ्य उपचार, कानुनी उपचार, शैक्षिक सुविधा जस्ता न्यायोचित र संविधान प्रदत्त मौलिक हकको प्रचलन गराउन बालापनको रक्षा, भविष्यको सुरक्षा कार्यक्रम मार्फत अभियानकै रूपमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेका लैङ्गिक हिंसा विरुद्धका कार्यक्रममा राज्यका अन्य सम्बद्ध निकाय र पदाधिकारीहरूबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको पृष्ठभूमिमा देखावटी रूपले कृत्रिमता प्रदान गर्ने गरी १६ दिनलाई मात्र लैङ्गिक हिंसा विरुद्धको अभियानका नाममा कार्यक्रम सञ्चालन गर्नु नाटकीय हुने र नैतिकताका आधारमा समेत जायज मान्न नसक्ने भएकाले यस वर्षको उक्त अभियान अन्तर्गतका कुनै पनि कार्यक्रम तथा गतिविधिहरू काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालन नगरिने तर लैङ्गिक हिंसा विरुद्धका वार्षिक कार्यक्रमहरू भने निरन्तर सञ्चालन गरिने ब्यहोरा यसै विज्ञप्ति मार्फत सम्पूर्णमा जानकारी गराइन्छ ।”

हिंस्सा रहित समाज निमार्णको उद्देश्य सहित १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान आजदेखी सुरु भएको छ । १० डिसेम्बर सम्म विश्व भर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धतास् लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता भन्ने नाराका साथ सुरु भएको छ ।

 

 

सम्बन्धित समाचार

सबै