मधेस सरकारले ८ राज्यमन्त्रीलाई हटायो

0 Shares

काठमाडौं – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्।जम्बो मन्त्रीमण्डलको चर्को आलोचनापछि मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।मुख्यमन्त्री कार्यालयका अनुसार हालै नियुक्त भएका ८ राज्यमन्त्रीलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई मंगलबार पत्र पठाइसकिएको छ ।

बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् ।

मधेस मुख्यमन्त्रीले अहिलेसम्मकै धेरै २० सदस्यीय मन्त्रिमण्डल बनाएको भन्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आन्दोलन गर्दै आएको थियो।

 

 

 

सम्बन्धित समाचार

सबै