0
Shares
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार कसुरका लागि पाँच बर्षे हदम्यादको विरोध जनाएको छ ।
सिंहदरबारमा मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि पाँच वर्षे हदम्याद स्वीकार्य नहुने निष्कर्ष निकालेको हो । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारमा हदम्याद स्वीकार्य नहुने दलको निष्कर्ष रहेको बताएका छन् ।
त्यस्तै उनले जलनसम्बन्धी गैरसरकारी विधेयकका बिषयमा बैठकमा छलफल भएको छिटै सदनमा दर्ता गर्ने जानकारी दिए । बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टीआरसी विधेयकको समर्थन गर्दै सदनमा उक्त विधेयकको समर्थनमा धारणा राख्ने उनले बताए ।
त्यस्तै बैठकमा सदन र संसदीय समितिमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने बिषयमा छलफल भएको परियारले बताए ।