प्रधानमन्त्रीलाई विप्लवको आग्रहः चीन भ्रमणका क्रममा देशका पक्षमा निर्णय गर्न खुटा कमाउनु पर्दैन

0 Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटमा विप्लवले चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अवरोध र विरोधसँग नडराउन आग्रह गरेका छन् ।

भेटमा महासचिव विप्लवले देशको स्थिति जटिल र अराजकता मौलाउन खोजेको भन्दै त्यसको समाधान नयाँ ढङ्गले खोज्नुपर्ने बताए । त्यस्तै भेटमा तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको प्रकाण्डले जानकारी दिएका छन् ।

जवाफमा प्रधानमन्त्री ओलीले तीन बुँदे सहमति कार्यन्वयनमा सरकार दृढ रहेको भन्दै चीन भ्रमण सकेर फर्केपछि यस बिषयमा थप छलफल गर्ने बताएका थिए।

सम्बन्धित समाचार

सबै