विद्युत महसुल उठाउन प्रधानमन्त्रीलाई सांसद ढकालको निर्देशन

0 Shares

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विद्युत महसुल उठाउन प्रधानमन्त्रीलाई निर्देशन दिन आग्रह गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद ढकालले भ्रष्टाचारसम्बन्धी विषय सदनमा उठाउन लाग्दा प्रतिपक्षमाथि समय नदिएर दबाउन खोजिएको भन्दै विद्युत महसुल उठाउन निर्देशन दिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीले विद्युत लाइन जोड्न जसरी निर्देशन दिनुभएको थियो, उठाउन पनि उसैगरी निर्देशन दिनुपर्यो । मिटर जडान गरिएको ठाउँको महसुल उठाउनको लागि यस्तो हालत छ। मिटर नभएका भन्सारको हालत के होला ? ‘

बैठकको आकस्मिक समयमा सांसद ढकालले डेडिकेटेड र ट्रंक लाइनको विवादको विषय उठाउँदा सुरुमा सभामुख देवराज घिमिरेले माइकको लाइन काटेका थिए ।

त्यसपछि रास्वपा र राप्रपाका सांसदले केहीबेर अवरुद्ध पारेका थिए । तर आकस्मिक समयमा डेडिकेटेड र ट्रंक लाइनको विषय उठाउनु अनुचित भएको सभामुखले बताएका थिए ।

तर पछि सांसद ढकाललार्ई बोल्न समय दिएपछि सदन संचालन भएको थियो । त्यसपछि ढकालले २२ अर्बको बक्यौता ६ अर्बमा पुग्दा असुल गर्न चासो नभएको र संसदमा आकस्मिक विषय बन्न नसकेको भन्दै आकस्मिक विषय बन्ने दाबी गरे । उनले प्रतिपक्ष कमजोर नरहेको बताए ।

सम्बन्धित समाचार

सबै