निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि खगेन्द्र सुनार प्रहरीको नियन्त्रणमा

0 Shares

काठमाडौं – विगत एक सातादेखि माइतीघरमा धर्ना बसिरहेका दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन् ।

साढे २ किलोको नेल शरीरमा बाँधेर प्रदर्शनरत उनले बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

उनी गत बुधबारदेखि माइतीघरमा धर्नामा बस्दै आएका छन्।

 

 

सम्बन्धित समाचार

सबै