0
Shares
काठमाडौँ – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनका सेक्टर अपरेसनका प्रबन्ध निर्देशक केभिन मिचेल नेपालमा आइपुगेका छन् ।उनी यो हप्ताभर नेपालमा रहने दूतावासले जनाएको छ ।
एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा भएको प्रगति बारे जानकारी लिन तथा एमसीए नेपाल र अन्य सरकारी नेतृत्वहरूसँग भेटघाट गर्न उनि नेपाल आएका नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । पछिल्लो १५ वर्षदेखि उनी एमसीसीमा काम गर्दै आइरहेका छन् ।
एमसीसी लागु भएको देशमा उनले वित्तीय व्यवस्थापनमा राम्रो भूमिका खेलेको बताइएको छ । एमसीसीमा आउनुअघि केभिन विश्व बैंकमा कार्यरत थिए ।केभिन हार्वर्ड विश्वविद्यालय अर्थशास्त्रमा बीबीए र अमेरिकी विश्वविद्यालयको कोगड कलेज अफ विजनेश एडमिनस्ट्रेशनबाट अर्थशास्त्रमा एमबीए गरेका छन् ।