0
Shares
काठमाडौं – बिरामी बोकेको हेलिकप्टर धादिङमा आपतकालील अवतरण गरिएको छ । खराब मौसमका कारण कैलाश हेलिकप्टरको आकस्मिक अवतरण गरिएको हो ।
पोखराबाट बिरामी लिएर काठमाडौं आएको हेलिकप्टर धादिङको थाक्रे गाउँपालिका ५ मा आपतकालीन आवतरण भएको धादिङ जिल्ला प्रहरी कार्यालयका एसपी गौतमकुमार केसीले बताए ।
खराब मौसमका कारण पोखराबाट काठमाडौं आउँदै गरेको कैलाश हेलिकप्टर थाक्रेमा आपतकालीन अवतरण गरेको हो ।यात्रु, पाइलट र हेलिकप्टर सुरक्षित छ । बिरामीलाई एम्बुलेन्समार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ ।