काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर वोल्सले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा विराटनगर किङ्सलाई ८ विकेटले हराउँदै जनकपुरले विजयी सुरुवात गरेको हो ।
विराटनगरले दिएको १२८ रनको लक्ष्य पछाएको जनकपुरले १५.२ ओभरमा लक्ष्य पूरा गर्यो । जनकपुरको जितमा लाहिरु मिलानथाले सर्वाधिक ७५ रनको पारी खेले।
उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । यस्तै हर्ष थाकेर २९ रन अविजित रहे। त्यसअघि ओपनर अनिल शाहले पाँच रन बनाउँदा अर्का ओपनर आशिफ शेख शून्य रनमा आउट भए ।
विराटनगरका लागि प्रतिश जिसि र क्रिस सोलले समान एक एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्सले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो । विराटनगरका लागि माटिन गुपटेल सर्वाधिक ५५ रन बनाए। उनले ४३ बलमा ७ चौका र १ छकका प्रहार गरे।
लोकेश बम ५ रन बनाउँदै आउट भएका थिए । त्यस्तै अकिब इलयास १५ र निकोलस किर्तोन ९, बसिर अहमद ७, सन्दीप ७ प्रतिश जिसि २ रन बनाएर आउट भए । जनकपुरको लागि ललित राजवशिले ३ विकेट लिए भने, किशेर महत र हर्ष थाकरले समान २/२ विकेट लिए। मोहमद मोहिसनले १ विकेट लिए।