फ्लोरिडामा ट्रुडो र ट्रम्पबीच भेटवार्ता, कर वृद्धिको विषयमा कुराकानी

0 Shares

अमेरिका । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फ्लोरिडा राज्यमा ‘सोहाद्र्र कुराकानी’ गरेको बताएका छन् ।
ट्रम्पले यसै साताको सुरुमा क्यानडा, मेक्सिको र चीनविरुद्ध आयातमा कर लगाउने घोषणा गरेपछि ट्रुडो मार–ए–लागोमा रात्रिभोजका लागि उडेका थिए ।

“हो, हामीबीच निकै राम्रो कुराकानी भएको छ,” ट्रुडोले बिहान वेस्ट पामबीचस्थित एक होटलबाट क्यानडा फर्कने क्रममा पत्रकारहरूसँग भने ।

ट्रुडो अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पको पछिल्लो उच्च पदस्थ विदेशी अतिथि थिए । उनले आगामी जनवरी मा दोस्रो कार्यकालका लागि सपथ ग्रहण गर्दै छन् ।

पेन्सिलभेनियाका नवनिर्वाचित सिनेटर डेभिड म्याककोर्मिकले सार्वजनिक गरेको तस्वीरमा ट्रम्प र ट्रुडोसँगै टेबुलमा उभिएको देख्न सकिन्छ भने उनीहरूलाई ट्रम्पका वाणिज्य मन्त्रीका लागि छानिएका हावर्ड लुटनिक र राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि छानिएका माइक वाल्ट्जलगायत एक दर्जन पाहुनाले घेरिएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् “मेक्सिको र क्यानडामाथि २५ प्रतिशत कर लगाउनेछु, यी दुई अमेरिकी छिमेकीले अवैध लागूपदार्थ फेन्टानिल र कागजातविहीन आप्रवासीबाट अमेरिकामाथि ‘आक्रमण’ गर्न अनुमति दिएका छन् ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले पनि बुधबार ट्रम्पसँग फोनमा कुरा गरेका थिए । कुराकानीमा दुबैले आ–आफ्ना अडान राखेको बताइएको छ ।

सम्बन्धित समाचार

सबै