0
Shares
काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झाले पोलिग्राफ जाँच गराउन नमानेको खुलेको छ ।अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतहरूले पोलिग्राफ गर्न खोजे पनि उनले अस्वीकार गरेका हुन् ।
सरकारी वकिलको रोहबरमा प्रहरीसँग उनले इन्कारी बयान दिएका थिए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको बताएका थिए ।दुई करोडको चेक लिनको लागी भेट्दा उनले रामशरण केसीसँग मोबाइलमा कुरा गरेका थिए ।
त्यसबारे स्वर परीक्षण गर्न चाहिँ उनी सहमत भएका छन् । स्वर परीक्षण गर्न अनुसन्धान अधिकृतहरूले पत्राचार गरेका छन् । बेचनले लिएको २ करोडको चेकको फोटोकपी अनुसन्धान अधिकृतहरूले मिसिलमा संलग्न गरेका छन् ।