0
Shares
काठमाडौँ / गृहमन्त्री रमेश लेखकले जस्तोसुकै बिपद्मा परेका नागरिकको स्थायी आवास निर्माण गर्न अनुदान दिनका लागि मापदण्ड तयार गरेको बताएका छन् ।
बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै गृहमन्त्री लेखकले सवै खालका बिपद्बाट घर क्षति भएका नागरिकको अस्थायी आवाज निर्माणका लागि अस्थायी आवास अनुदान मापदण्ड २०८१ तयार गरिएको बताएका हुन् ।
मन्त्रिपरिषद्बाट पारित भएपछि मापदण्ड कार्यान्वयन हुने उनले बताए । उनले २५–२५ हजार दुई किस्तामा रकम दिने गरि मापदण्ड तयार भएको जानकारी दिए । स्थायी आवास बनाउनका लागि सरकारले गम्भीरताका साथ अघि बढिरहेको उनको भनाइ छ ।
उनले जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरुका लागि ३ अर्व १६ करोड रुपैया बिनियोजन भएको जानकारी दिए ।