कांग्रेस–एमाले मिलेर अरु पार्टीलाई सिद्धाउने षडयन्त्र गरिरहेको सुवेदीको आरोप

0 Shares

काठमाडौँ / राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले कांग्रेस–एमाले मिलेर अरु पार्टीलाई सिद्धाउने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।

बिहीबार राष्ट्रियसभाको बिषेश समयमा बोल्दै सुवेदीले संविधान संशोधनमार्फत १० प्रतिशत थ्रेस होल्ड राखेर अरु पार्टी सिद्धाउने षडयन्त्र भइरहेको बताएका हुन् । उनले लामो संघर्षपछि मुलुममा अधिकारप्राप्त संविधान बनेको भन्दै यसलाई मास्ने काम स्वीकार्य नहुने जिकिर गरे । जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाका साथै पूर्ण समानुपातिक प्रणालीका लागि संविधान संशोधन गर्न उनले सुझाव दिए ।

सुवेदीले लामो प्रजातान्त्रीक इतिहास बोकेको पार्टी कांग्रेस नै दुई दलीय प्रणालीमा विश्वास गर्ने अवस्था आउनु उचित नभएको धारणा राखे । दुई दलीय प्रणालीबाट देशलाई कव्जा गर्न खोजे वंगलादेशको जस्तो अवस्था आउन सक्ने उनले बताए ।

 

सम्बन्धित समाचार

सबै