सहकारी ठगि प्रकरणमा मुछिएका दीपेश पुनसंग संसदीय छानबिन समितिले लियो बयान

0 Shares

काठमाडौँ / सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगि प्रकरणमा मुछिएका दीपेश पुनसंग बयान लिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रुपन्देहीको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा मुछिएका पुनसंग बयान लिएको हो । सुप्रिम सहकारीबाट गोरखा मिडियामा गैर कानूनी ढंगले कर्जा प्रवाह भएको थियो । समितिले निरन्तर रुपमा सहकारीको बचत दुरुपयोगमा संलग्नका रुपमा आरोपितहरुसंग बयान लिइरहेको छ । यसअघि केहि आरोपितलाई कारागारबाट झिकाएर समितिले बयान लिएको थियो ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानविनको तथ्यमा पुग्नका लागि सवै पक्षसंग निरन्तर छलफल र बयान लिने काम भइरहेको समिति संयोजक सूर्य थापाले बताए । गएको जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

सम्बन्धित समाचार

सबै