परराष्ट्रमन्त्री राणा भारत जाँदै

0 Shares

काठमाडौं  परराष्ट्रमन्त्री आरजु राणा देउवा आज भारत भ्रमणमा जाँदैछिन् । उनी आज बिहान साढे ११ बजे नयाँ दिल्ली प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

आफ्नो पहिलो विदेश भ्रमणका क्रममा उनले भारतका उच्च अधिकारीसँग भेट्ने कार्यसूची छ।भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतको छिमेक नीतिमा नेपाल प्राथमिकतामा परेको मित्र प्रायोरिटी पार्टनर भएको उल्लेख गरिएको छ।

उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।

 

 

सम्बन्धित समाचार

सबै