चितवन / पर्यटक गन्तब्यको रुपमा रहेको चितवनको सौरहामा पर्यटकहरुलाई आकर्षित गर्न छतिया स्ट्रिट निर्माण गरिएको छ । थारु समुदायको मुख्य बसोबास रहेको सौरहामा थारु समुदायको मौलिकता झल्कने खालका छतिया राखेर करीब ४५ मिटर लामो छतिया स्ट्रिट निर्माण गरेको हो ।
सौरहा थारु समुदायको बाहुल्य रहेको बस्ती हो । अहिले सो क्षेत्रमा बिभिन्न समुदायका ब्यक्तीहरुले होटलहरु खोल्दै गए पछी सौरहाका थारु समुदायको अस्तित्व नै हराउदै गएको छ । सौरहामा थारु समुदायको मात्र १ सय २ घर रहेका छन् । सौरहामा अहिले ४५ मिटर लामो बागमति प्रदेश सरकारको सहयोगमा छतिया स्ट्रिट निर्माण गरीएको रत्ननगर नगर पालिका वडा नम्बर ६ का वडा सदस्य बिरेन्द्र महतोले बताए । उक्त स्ट्रिट बागमाती प्रदेश सरकारको ३० लाख र वडा कार्यलय वाट ३ लाखको लागतमा छतिया स्ट्रिट निर्माण गरीएको उनले जानकारी दिए ।
छतिया थारु समुदायले खेतमा काम गर्दा घाम पानी बाट बच्न ओढ्ने बास र भर्लाको पात वाट बनेको ठुलो टोपी हो । उक्त स्ट्रिटमा पर्यटकलाई आकर्षीत गर्न साझ पख थारु समुदायको खानाका परिकारहरु थारु समुदायले बनाएका ह्याण्डी क्राफ्टहरु बिक्री बितरणको लागि राखिने महतोले बताए । स्ट्रिटमा हप्ता २ दिन थारु समुदायको मौलिक सांस्कृतिक नाच झाम्टा र लाठी नाच प्रस्तुत गर्ने योजना रहेको बताइएको छ ।