0
Shares
काठमाडौं – बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिएको छ।शुक्रबार बसेको बागमतीको मन्त्रिपरिषद् बैठकले भदौ ४ मा मनाइने गाईजात्रा पर्वको अवसरमा प्रदेश भर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार गाईजात्रा प्रदेशमा मनाइने महत्त्वपूर्ण पर्व रहेकाले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० अनुसार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।